धनकुटा छथरजोरपाटी गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम शूरु ।

जेष्ठ ३० धनकुटा । धनकुटाको छथरजोरपाटी गाउँपालिकामा १ नं प्रदेश सांसद इन्द्रामणी पराजुलिले प्रधानमन्त्री रोजगार कार्यक्रमको शूभारम्भ गर्नुभएको छ । यो कार्यक्रमवाट रोजगारी पाउनेहरुलाई हेल्मेट…

View More धनकुटा छथरजोरपाटी गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम शूरु ।

धनकुटामा पाँच जना शहिदहरुको शालिकअनावरण

जेष्ठ १५ धनकुटा ।गणतन्त्र दिवसको अवसरपारी राणाशासन विरुद्धको आन्दोलन देखी लोकतान्त्रिक जनआन्दोलन सम्म शहादत प्राप्त गरेका पाँच जना शहिदहरुको आज धनकुटामा शालिकअनावरण गरिएको छ । जिल्लाको सागुरीगढी र चौविसे गाउपालिकाको सिमानामा अवस्थित चौविसे शहिद स्मृती उद्यान पार्कमा नेपाली कांग्रेसका नेता तथा पूर्व राज्य मन्त्री दिपकखड्काले शहिदहरु बखतजंग पापो,नारायण प्रसाद  नोगु लिम्बु,प्रजालाल राई,रामकृण श्रेष्ठ र डगलसेन लिम्बुको शालिक अनावरण गर्नुभएको हो । शालिक अनावरण गर्दै नेताखड्काले शहिदहरुको सम्मान भए मात्र राष्ट्रको सम्मान हुने वताउनुभयो । उहाँले शहिदहरुले देखाएको बाटोबाट हिडेमात्र साचो अर्थ उनिहरु प्रति सम्मान हुने समेत वताउनु भयो ।शहिद स्मृती उद्यान र्पाकका प्रमुख संरक्षक जनक सेन लिम्बुको अध्यक्षतमा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेसका नेता तथा नेपाल विद्यार्थी संघका पूर्व केन्द्रिय उपाध्यक्ष राजिव ढुंगाना, जिल्ला सभापति अग्नी प्रसाद पौडेल,सचिव विजय सन्तोषी राई,सहिद डगलसेन लिम्बु चेम्जोङ्गका छोरा कृष्ण गोविन्द्र चेम्जोङ्गले सहिदहरुको योगदानको चर्चा गर्दै  राणाशानकोविरुद्धको आन्दोलन र  शहिदहरुको जीवनी प्रस्तुत गरेका थिए । कार्यक्रमको संचालन ओम प्रकाश लिम्बुले गर्नु भएको थियो ।  कार्यक्रममा नेपाली कांग्रेस धनकुटाका यूवा नेताकमोट कुमार फागो,महासमिति सदस्य तथा चौविसे गाउपालिका वडा नं ७ का वाडाध्यक्ष दुर्गा सुवेदी,नेपाल महिला संघकी पूर्व केन्द्रिय सदस्य टिका भण्डारी,सागुरीगढी गाउपालिकावडा नं ५ का वडाध्यक्ष पलक वस्नेत,जिल्ला सदस्यहरु हर्कमान चेम्जोग,नेपालधन राई,क्षेत्रिय सभापति जितेन्द्र राई,क्षेत्रिय सचिव खड्ग लिम्बु,क्षेत्रिय सदस्य गजेन्द्रखतिवडा,महाधिवेशन प्रतिनिधि राम कुमारी भण्डारी,पार्टीका राजारानीका सभापति बिजु राई,नेपाल तरुण दल धनकुटाका जिल्ला उपाध्यक्ष धिरज साङ्बो,नेपाल शिक्षक संघधनकुटका पूर्व उपाध्यक्ष रमेश इवाहाङ्ग,राजारनीका निर्वाचित महिला सदस्य हर्कमाया राई लगायत शहिद परिवारजन तथा आफन्तजनहरुले सहिदको सालिकमा माल्यपण गर्दैश्रद्धाञ्जली व्यक्त गरेका थिए ।

View More धनकुटामा पाँच जना शहिदहरुको शालिकअनावरण

महिलाहरुलाई च्याउखेती तालिम प्रदान

जेष्ठ १४ धनकुटा ।च्याउ खेती उत्पादन मार्फत महिलाहरुलाई आत्मा निर्भर वनाउने लक्षका साथ धनकुटाको पाख्रीवास नगरपालिका वडा नं ४ का महिलाहरुलाई च्याउखेती सम्वन्धि ४ दिने…

View More महिलाहरुलाई च्याउखेती तालिम प्रदान

शहिद भिमनाराण कपमा एपिएफ ले बाजि मार्यो

मोहन वान्तवा धनकुटा, जेठ ३आज सम्पन्न १४ औं संस्करणको सहिद भीमनारायण अन्तराष्ट्रिय गोल्डकपको उपाधी शसस्त्र प्रहरी वलको एफिएफ क्लवले बाजि मारेको छ । आजको फाईनल…

View More शहिद भिमनाराण कपमा एपिएफ ले बाजि मार्यो

पत्रकारहरु संचार सामग्री सहित प्रदर्शन विरोध

मोहन वान्तवा धनकुटा, जेठ ३ सरकारले संसदमा पेश परेको मिडिया काउन्सिल विधेयकको बिरोध गर्दै नेपाल पत्रकार महासंघ धनकुटा शाखाका पत्रकारहरुले आफुले प्रयोग गर्ने संचार सामग्रीहरु…

View More पत्रकारहरु संचार सामग्री सहित प्रदर्शन विरोध