–नरेन्द्र कश्चित
लोकतान्त्रिक वाम गठबन्धन सहिदभूमिद्वारा ४३औं सहिद दिवस आज भब्यताका साथ सम्पन्न गरेको छ ।
सहिदभूमि-३ छिन्ताङ्गको पञ्चकन्यामा अवस्थित सहिदहरुको सालिकमा एक कार्यक्रमको आयोजना गरि लोकतान्त्रिक वाम गठबन्धन सहिदभूमिद्वारा ४३औं सहिद दिवस मनाएको हो ।
सहिद लाखमान साधु राईका ७७ वर्षीय ज्येष्ठ नागरिक गंगा बहादुर राईको प्रमुख आतित्थ्यमा उक्त ४३औं सहिद दिवस सम्पन्न भएको हो ।
बोलेर होइन काम गरेर मात्र सहिदहरुको सपना साकार हुने कुरा सहिद स्मृति प्रतिष्ठान धनकुटाका सचिव तथा सहिद पुत्र डिक बहादुर राईले बताउनु भयो ।धेरैले सहिदबारे बोल्ने मात्रै गरेको तर काम केही नगरे सहिद पुत्र सोम नेपालीले बताउनु भयो ।
सहिदभूमि गाउँपालिकाका सहिदहरु र तीन परिवारहरुमाथि विभिन्न राजनीतिक दलहरुले राजनिती गरिखाने भाँडोको रुपमा मात्र प्रयोग गरिदै आएकोमा नेपाली कांग्रेसका सभापति शेर बहादुर देउबाको पालामा तत्कालिन मन्त्री सुनिल बहादुर थापाको पहलमा छिन्ताङ्गका सहिदहरुलाई राष्ट्रिय सहिदको रुपमा घोषणा गरेर छिन्ताङ्गका सहिदहरुलाई न्याय गरेको नेपाली कांग्रेसका जिल्ला सदस्य तिर्थ राईले बताउनु भयो ।
सहिद दिवसको अवसरमा वाम गठबन्धन सहिदभूमि नेपाली कांग्रेसका जिल्ला सदस्य तिर्थ राई,नेकपा माओवादी केन्द्रका पुर्व जिल्ला इन्चार्ज डिल्लीराम राई,नेपाली कांग्रेस सहिदभूमिका सभापति टंक राई,नेकपा एकीकृत समाजवादी सहिदभूमिका अध्यक्ष बावुराम राई,सहिद गोपाल आनन्द राईका पुत्र योगेन्द्र राई,डिक बहादुर राई,सहिद धनवीर दर्जीका पुत्र सोम नेपाली लगायतकाले सहिदहरुको सालिकमा माल्यार्पण गरिएको थियो ।
सहिद स्मृति प्रतिष्ठानका सचिव डिक बहादुर राईको अध्यक्षतामा ४३औं सहिद दिवस कार्यक्रम सम्पन्न भएको थियो ।