फोटो पत्रकार महासंघ धनकुटामा घिमिरे

भदौ ४ धनकुटा ।-नेपालन्यूजसेन्टर संवाददाता

फोटो पत्रकार महासंघ धनकुटाको दोस्रो अधिवेशनबाट कविराज घिमिरे अध्यक्ष पदमा सर्वसम्मत चयन हुनु भएको छ ।

नेपाल पत्रकार महासंघ धनकुटाको सभाहलमा आज सम्पन्न दोस्रो अधिवेशनले उपाध्यक्ष पदमा शर्मिला राई,सचिव पदमा इश्वर थापा,सह-सचिव पदमा मानवी मोक्तान,कोषाध्यक्ष पदमा विकास घिमिरे सदस्यहरु नरेन्द्र कश्चित,सन्तोष सुवेदी सर्वसम्मत चयन हुनु भएको निर्वाचन मण्डलका संयोजक खगेन्द्र प्रसाद घिमिरेले बताउनु भयो ।
यसैगरि केन्द्रीय महाधिवेशन प्रतिनिधिमा हरि बहादुर लम्जेल,इश्वर थापा र मानावी मोक्तान सर्वसम्मत चयन हुनुभएको छ ।

यसैगरि धनकुटाका अग्रज ८५ वर्षीय विष्णुमान श्रेष्ठलाई सम्मान-पत्र समेत प्रदान गरिएको छ ।उहाँलाई पत्रकारितामा पुराउनु भएको योगदानको लदर गर्दै फोटो पत्रकार महासंघ धनकुटाले सम्मान पत्र प्रदान गरिएको निवर्तमान अध्यक्ष रमेशचन्द्र अधिकारीले बताउनु भयो ।

अधिवेशनमा नेपाल पत्रकार महासंघ धनकुटाका अध्यक्ष नगेन्द्र राई,नेपाल आदिवासी जनजाति पत्रकार महासंघका केन्द्रीय सदस्य विदुर खवास,नेपाल आदिवासी जनजाति पत्रकार महासंघ १ नं प्रदेशका अध्यक्ष सन्तवीर लामा,नेपाल आदिवासी जनजाति पत्रकार महासंघ धनकुटाका अध्यक्ष बिनु चेम्जोङ्ग लगायतकाको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published.