धनकुटामा खैरो हिरोइन सहित २ जना पक्राउ

असार २३ धनकुटा ।-नेपालन्यूजसेन्टर संवाददाता

धनकुटामा अवैध लागु औषध खैरो हिरोइनसहित २ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा धनकुटा नगरपालिका वडा नं.-२ निवासी वर्ष १९ का अनिल तामाङ र वर्ष २२ सन्देश पिठाकोटे रहेका छन् ।

धनकुटा नगरपालिका वडा नं.-६ बिच बजारमा प्रहरीले सवारीसाधन चेकजाँच गर्ने क्रममा तामाङको दाहिने हातको मुठ्ठि भित्र लागुऔषध खैरो हिरोइन भेटिएको प्रहरीले जानकारी प्रदान गरेको छ ।

तामाङ्को मुठ्ठि भित्र हरियो तथा कालो रङको प्लाष्टिकले वेरेको अवस्थामा सानो सानो प्लाष्टिकको पोका बनाई बोकेको खैरो हिरोईन स–साना ६ पोका बरामद गरिएको धनकुटा प्रहरी प्रवक्ता डिएसपी चिरञ्जीबी दाहालले बताउनु भयो ।

अन्दाजी १ ग्राम ५ सय मिलिग्राम अवैध लागु औषध खैरो हिरोइन फेला परेको डिएसपी दाहालले जानकारी दिनुभयो ।पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालय धनकुटाले म्याद थप गरि अनुसन्धान कार्य भईरहेको डिएसपी दाहालले बताउनु भयो ।

Leave a Reply

Your email address will not be published.