माटो जोगाउन देशव्यापी दौडमा रहेका नवीन पुन मगर धनकुटामा

असार २३ धनकुटा ।-नरेन्द्र कश्चित

माटो जोगाउनको लागि पहल कदमीहरु ढिला भएको भन्दै आम सचेतनाको लागि देशव्यापी दौडमा निस्कनु भएका पर्वत जिल्ला मोदी गाउँपालिका-२ का नवीन पुन मगर धनकुटा आइपुग्नु भएको छ ।

माटो जोगाउनका निम्ति सरकारी नीति निर्माणका लागि प्रधानमन्त्री र राष्ट्रपतिलाई अनुरोध पत्र लेखौ भन्ने नाराका साथ देशव्यापी दौडमा रहनु भएका मगर आज धनकुटामा आइपुगी पत्रकार सम्मेलन गरि आफु दौडिनुको कारण बताउनु भयो ।

प्रथम चरणमा नेपालको लगभग सबै जिल्लामा दौडेर पुग्ने र माटो बचाउने सचेतना फैलाउने उद्देश्यका साथ माटो बचाउ देशव्यापी दौडमा निस्केको मगरले बताउनु भयो ।काठमाडौको टुँडिखेलबाट जेठ ३० गतेदेखि दौडिदै २४औ दिनमा धनकुटा आइपुगेको मगरले बताउनु भयो ।यो अभियानमा नितान्त व्यक्तिगत लगानीमा गरिएको र कोही कसैप्रति नकारात्मक विषयबाट सम्बन्धित नरहेको समेत मगरले स्पष्ट पार्नु भयो ।

यतिखेर,प्रकृति संरक्षण गर्नेतर्फ सबैभन्दा महत्वपूर्ण पक्ष भनेको माटो हो ।यदि हामीले माटोको विनाश रोकेनौ भने,यो धर्ती,मानिसहरु रहनका लागि सहायक हुने छैन भनि जगदि वासुदेवले विक्रम सम्वत् २०७८ चैत १७ गतेदेखि भारतमा यो अभियान शुरु गरेको थाह पाए लगत्तै आफुले समेत माटो जोगाउने अभियान थालेको मगरले बताउनु भयो ।

दैनिक ५० देखि ७० किलोमिटर पैदल दौडिदै सचेतना जगाउदै हिड्नु भएका मगरको साथमा तीनजना सहयोगीहरु रहनु भएको छ ।आजको ७० दिनमा देशको सबै जिल्लामा दौडिएरै पुग्ने र सचेतना जगाउने लक्ष्य रहेको मगरले बताउनु भयो ।

विश्वको ५२ प्रतिशत खेतीयोग्य माटो विनाश भइसकेको,हरेक सेकेन्डमा एक एकड माटो मरुभूमि बनिरहेको साथै संसारभरिको माटोले अबको ६० वर्षसम्म मात्र बाली उब्जाउन सक्ने कुरा विश्वका बैज्ञानिकहरुले बताउदै आएको समेत मगरले बताउनु भयो ।

Leave a Reply

Your email address will not be published.