प्रहरीद्वारा फुटबल जर्सी पञ्चकन्या खेलकुद समितिलाई प्रदान

असोज ५ तेह्रथुम ।-रेवत पारघरी लिम्बू

तेह्रथुम जिल्लाकाे छथर गाउपालिका वडा नं. -३ निवासी विभिन्न ठाउँमा कार्यरत छ प्रहरी जवानले पञ्चकन्या खेलकुद समितिलाई फुटबल जर्सी प्रदान गर्नु भएको छ।

छथर गाउँपालिका वडा नं. – ३ मा जन्म भइ प्रहरी निरिक्षक डम्बर विश्वकर्मा, प्रहरी जवान तुलसी लिम्बू, राम लिम्बू, काजि तामाङ्ग, सन्ताेष बुढाक्षेत्री र केशव बुढाक्षेत्री गरि छ जना प्रहरी जवानकाे संयुक्त लगानीमा पञ्चकन्या खेलकुद समितिलाई जम्मा १२ थान फुटबल जर्सी प्रदान गरिएकाे हाे ।

राष्ट्रका लागि खेलकुद र स्वास्थ्यका लागि खेलकुद भन्ने मुल नारालाई ध्यान राखी विगत दिनहरुमा आफुहरुमा रहेका ईच्छा चाहाना र रुचिहरुलाई आत्मसाथ गर्दै जिवन्त राख्नका लागि र आउने भाइ बहिनीहरुलाई खेलकुदमा हाैसला प्रदान गर्नका लागि फुटबल जर्सी प्रदान गरिएकाे प्रहरी जवान तुलसी लिम्बुले बताउनु भयो ।

फुटबल जर्सी प्रहरी जवान तुलसी लिम्बू र सन्ताेष बुढाक्षेत्रीले वडा नं. ३ का वडाध्यक्ष तुलसी जङ्ग थापा र पञ्चकन्या खेलकुद विकास समितिका अध्यक्ष गनिन्द्र लिम्बुलाई प्रदान गरिएकाे थियाे। उक्त कार्यक्रममा स्थानिय समाजसेवी खुबेन्द्र कार्कीले खेलकुद समितिलाई एक थान फुटबल उपलब्ध गराउनु भएकाे थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *