धनकुटाको महालक्ष्मी नगरपालिका-४ दमारमा आधारभूत स्वास्थ्य सेवा केन्द्र भवन उद्घाटन

साउन १२ धनकुटा ।

धनकुटा जिल्लाको महालक्ष्मी नगरपालिका–४ दमारमा आधारभूत स्वास्थ्य केन्द्र भवन निर्माण सम्पन्न भएको छ ।

३३ लाख ६६ हजारको लागतमा निर्माण सम्पन्न सो भवनको आज महालक्ष्मी नगरपालिकाका प्रमुख पर्शुराम नेपाल र उप–प्रमुख मञ्जु अधिकारीले रिवन काटेर तथा सिलालेखमा राखिएको पर्दा उघारेर भवन उद्घाटन गर्नु भयो ।

दमारसहित आसपास क्षेत्रका सर्वसाधारणले स्वास्थ्य उपचार सेवा लिन सहज होस् भनि चार कोठे पक्की भवन निर्माण गरिएको हो ।

भवन उद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख नेपालले दमारसहित आसपास क्षेत्रका सर्वसाधरणका लागि गाउँमै सहज रुपमा आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउन स्वास्थ्य केन्द्र भवन निर्माण गरिएको बताउनु भयो । सबै नगरबासीले सहज रुपमा स्वास्थ्य सेवा पाउने वातावरण मिलाउन नगरपालिका लागिपरेको भन्दै मेयर नेपालले उपचार नपाएकै कारण कुनैपनि नगरबासीले मृत्युवरण गर्न नपर्ने गरि काम गर्ने प्रतिवद्धता पनि जनाउनु भयो ।

उक्त आधारभूत स्वास्थ्य केन्द्रमा हाल दुईजना अहेब र एक जना कार्यालय सहयोगी रहनु भएको छ । दमार आसपास क्षेत्रका सर्वसाधरण सामान्य विरामी हुँदा उपचारका लागि चानुवाको वुधवारे पुग्नुपर्ने वाध्यता थियो । अब, दमारबाटै आधारभूत स्वास्थ्य सेवा पाउने भएपछि सो क्षेत्रका बासिन्दाहरु खुसि भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *