आरम्भ चौतारी लघुवित्तमा आबद्ध सदस्यलाई विमा रकम प्रदान

साउन १२ रामेछाप ।

गाउँ गाउँमा बैंकिङ सेवा पु¥याउने उदेश्यले स्थापना भएको आरम्भ चौतारी लघुवित्तले आफ्नो महिला सदस्यको श्रीमानको मृत्यु भए पछि विमा बापतको रकम रु १२ हजार प्रदान गरेको छ ।

आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लि शाखा कार्यालय मन्थलीले मन्थली नगरपालिका वडा नं ५ का केन्द्र नं ४५ की महिला सदस्य चिना माया सार्किनीको श्रीमानको मृत्यु भए पछि उक्त विमा वापतको रकम भुक्तानी गरीएको मन्थली शाखा कार्यालयका शाखा प्रमुख दिपक श्रेष्ठले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *