लिभर र किड्नी खराब भइ उपचाररत हेमद्वारा सहयोगको अपील

साउन ६ धनकुटा ।नेपालन्यूजसेन्टर संवाददाता

लिभर र किड्नी खराब भइ विराटनगरको नोबेल हस्पिटलमा उपचाररत धनकुटाको सहिदभूमि गाउँपालिका वडा नं. ६ का हेम राईले आर्थिक सहयोगको लागि अपिल गर्नु भएको छ ।

लिभरमा समस्या आइ किड्नीमा पानी जम्ने समस्याबाट दैनिक हजारौ रुपैया सम्म लाग्ने भएपछि पीडित हेम राईले सहयोगको लागि अपिल गर्नु भएको हो ।

कृषि पेशामा आश्रित घरपरिवारसँग लिभर र किड्नीको उपचारको लागि रकम अभाव हुने भएपछि गाँउघरमा आर्थिक सहयोग संकलन शुरू गरिएको स्थानीय यूवा मीन कुमार राईले नेपालन्यूजसेन्टरलाई जानकारी दिनु भयो ।

लिभर र किड्नी खराब भइ हेम राई राई विगत २ हप्तादेखि नोबेल हस्पिटल विरानगरमा उपचाररत रहनु भएको राईको पत्नी भिम कुमारी राईले बताउनु भयो ।

लिभर र किड्नी खराब भएका हेम राईलाई सहयोग गर्न चाहानेले राईकी पत्नी भिम कुमारी राईको राष्ट्रिय बाणिज्य बैंक धरान शाखाको खाता नम्बर २१६०१०००३३८९७०१० मा स्वेच्छिक आर्थिक सहयोग गर्न सकिनेछ ।साथै हेम राई बचाउ अभियानका संयोजक सुमन राईको मोबाइल नं. ९८२८०६६७०८ मा समेत सम्पर्क गरि सहयोग गर्न सकिनेछ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *