महालक्ष्मी नगरपालिकाका कृषकलाई बंगुरका पाठी वितरण

साउन ५ धनकुा ।

धनकुटाको महालक्ष्मी नगरपालिकाले कृषकहरुलाई उन्नत जातका बंगुरका पाठी वितरण कार्य सम्पन्न गरेको छ ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना पकेट विकास कार्यक्रम अन्तर्गत बंगुर पकेट क्षेत्र महालक्ष्मी नगरपालिका वडा नं.३ र वडा नं.४ का ६० जना कृषकहरुलाई बंगुरका पाठी प्रदान गरिएको हो ।

महालक्ष्मी नगरपालिकाका प्रमुख पर्शुराम नेपाल, वडा नं.३ का वडाध्यक्ष भरत थापा, वडा नं.४ का वडाध्यक्ष यज्ञबहादुर चापागाई लगायतले कृषकहरुलाई बंगुरका पाठी प्रदान गर्नुभएको हो । वडा नं.३ को डाँडागाउँ बंगुर पालक कृषक समूह, वडा नं.४ को राम नगर बंगुर पालक कृषक समूह र भिलिमिले पाङ्चा बंगुर पालक कृषक समूहसँग आवद्ध २०/२० जना कृषकलाई बंगुरको पाठी प्रदान गरिएको छ ।बंगुरको संख्या बृद्धि गर्न तीन वटै कृषक समूहलाई एक/एक वटा बंगुरका पाठा पनि प्रदान गरिएको महालक्ष्मी नगरपालिकाका पशु सेवा प्राविधिक किरण कार्कीले जानकारी दिनुभयो ।

महालक्ष्मी नगरपालिकाले वडाहरुलाई फरक–फरक पकेट क्षेत्र घोषणा गरेर व्यावसायिकतामा जोड दिदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *