धनकुटाको छथरजोरपाटीका कृषकका लागि करिव १४ लाख बराबरको कृषि सामाग्री प्रदान

असार २५ धनकुटा ।

धनकुटाको छथर जोरपाटी गाउँपालिकाले किवी र खोर्सानी पकेट क्षेत्र प्रवर्द्धनका लागि लक्ष्यित गरी कृषकहरुलाई १३ लाख ८४ हजार बराबरको कृषि सामाग्री प्रदान गरेको छ ।

गाउँपालिकाले ५० प्रतिशत अनुदानमा किवी पकेट क्षेत्रलाई लक्ष्यित गरेर ७ लाख ४६ हजार र खोर्सानी पकेट क्षेत्रका लागि ६ लाख ३८ हजारको कृषि सामाग्री प्रदान गरेको हो ।

सम्पूर्ण कृषि सामाग्री पहाडी कृषि समुहका अध्यक्ष दिपक गुरुङ र सल्लेरी कृषि समुहका चक्रबहादुर थापा लगायत किसानहरुको उपस्थितिमा हस्तान्तरण गरिएको कृषि शाखाले जनाएको छ ।

गाउँपालिकाको कृषि शाखाले किवी खेतीका लागि वडा नं. ६ को पहाडी किवी,तरकारी उत्पादक समुह र खोर्सानी खेतीका लागि वडा नं. २ को सल्लेरी कृषि समुहलाई सामाग्री हस्तान्तरण गरेको छ ।खेतीका लागि ४ लाख ९५ हजारको १ हजार ६ सय ५० वटा ग्राफ्टिङ गरिएको बिरुवा पहाडी समुहलाई हस्तान्तरण गरिएको कृषि शाखाका अधिकृत मिलन कार्कीले जानकारी दिनु भयो ।

७० हजारको २ वटा किवी रोप्नका लागि खाडल खन्ने मेसिन,२६ हजारको २ वटा डिजिटल काँटा(तराजु),२१ हजारको २१ वटा सि–केचर प्रदान गरिएको छ ।१ लाख १० हजारको सिंचाई पाईप र २४ हजारको २१ वटा स्प्रिङ कल पहाडी समुहलाई प्रदान गरिएको छ ।

खोर्सानी खेतीका लागि १ लाख ६० हजारको २ केजी खोर्सानीको बीउ,१ लाखको बिषादी र भिटामिन सल्लेरी समहुलाई प्रदान गरिएको छ ।१२ हजारको एउटा डिजिटल काँटा,१ लाख ८० हजारको २ वटा मिनी टिलर,३८ हजारको ३८ थान कोदालो समेत हस्तान्तरण गरिएको छ ।

कृषकहरुलाई २ लाखको सिंचाई पाईप,६६ हजारको ११ थान हिलट्याङ्क,६० हजारको ११ थान प्लास्टिक टनेल लगायत १२ हजारको स्प्रिङ कल ३० वटा र १० हजारको १० वटा पानी लगाउने हजारी पनि हस्तान्तरण गरिएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *