महालक्ष्मी नगरपालिका धनकुटाको सातौं नगर सभा सर्वसम्मत सम्पन्न

असार २२ धनकुटा ।

धनकुटाको महालक्ष्मी नगरपालिकाको सातौं नगर सभा सम्पन्न भएको छ । असार ९ गतेबाट सुरु भएको नगर सभा १२ दिनपछि सम्पन्न भएको हो ।

महालक्ष्मी नगरपालिकाका नगर प्रमुख पर्शुराम नेपालको अध्यक्षतामा सम्पन्न भएको नगर सभाले आगामी आर्थिक बर्षको बजेट र नीति तथा कार्यक्रम सर्वसम्मत पारित गर्दै सभा सम्पन्न भएको हो ।

असार ९ गते नगर सभामा मेयर नेपालले बार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो भने उप–मेयर मञ्जु अधिकारीले आगामी आर्थिक बर्षका लागि ६४ करोड ५४ लाख ९५ हजार ४ सय ४० रुपैयाँ बराबरको बजेट प्रस्तुत गर्नुभएको थियो । नगर सभाले उक्त नीति तथा कार्यक्रम र बजेट सर्वसम्मत पारित गरेको हो । चालु आर्थिक बर्षका लागि महालक्ष्मी नगरले ६० करोड ४७ लाख ७० हजार ३ सय ३१ रुपैयाँ बजेट ल्याएको थियो । चालु आर्थिक बर्षको तुलनामा आगामी आर्थिक बर्षका लागि ४ करोड ७ लाख २५ हजार १ सय २७ रुपैयाँ बढी बजेट पारित गरिएको हो ।

नगर सभाको पहिलो बैठकमा एकमुष्ट बजेट प्रस्तुत गरिएको भएपनि त्यसपछिका बैठकमा छलफल गरी बजेटलाई शीर्षकगत रुपमा छुट्याएर नगरसभाले सर्वसम्मत पारित गरेको महालक्ष्मी नगरपालिकाका प्रवक्ता रामबहादुर खड्काले जानकारी दिनु भयो महालक्ष्मी नगरपालिकाको आफ्नै नगर गान र नगरको बेग्लै लोगो प्रयोगमा ल्याउँने महालक्ष्मी पहिलो पालिका हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *