छथरजोरपाटी गाउँपालिकाद्वारा पिङडाँडा कृषक समुहलाई  १२ लाख बराबरको कृषि सामाग्री हस्तान्तरण

असार २० धनकुटा ।

छथर जोरपाटी गाउँपालिका धनकुटाले मकै पकेट क्षेत्रलाई प्रवर्द्धनका लागि पिङडाँडा कृषक समुह,हात्तिखर्कलाई ५० प्रतिशत अनुदानमा १२ लाख बढीको कृषि सामाग्री हस्तान्तरण गरेको छ ।

गाउँपालिका अध्यक्ष शेरबहादुर लिम्बू र उपाध्यक्ष भीमकला श्रेष्ठ सहितको कृषि शाखाका प्रतिनीधिहरुद्वारा एक  हस्तान्तरण कार्यक्रममा सामाग्रीहरु समुहलाई हस्तान्तरण गरिएको हो ।

गाउँपालिका कृषि शाखा अधिकृत मिलन कार्कीका अनुसार समुहलाई १ लाख ८० हजार मूल्य बराबरको २ थान मिनी टिलर,१ लाख मूल्य बराबरको २ वटा क्रसर मिक्सचर(मिल) हस्तान्तरण गरिएको छ ।
त्यस्तै ३ लाख ५० हजार बराबरको सिंचाई पाईप,१ लाख बराबरको ८ थान डिजिटल काँटा,४८ हजार बराबरको १६ थान स्प्रेयर हस्तान्तरण गरिएको छ ।
फौजी किरा नियन्त्रणका लागि २ लाख बराबरको बिषादी,६० हजार बराबरको ६० थान कोदालो  र यस अघि उक्त समुहलाई १ लाख बराबरको मकैको बीउ उपलब्ध गराईएको थियो ।                                                                                                      गाउँपालिकाले यो बर्ष बिभिन्न वडाहरुलाई कृषि तथा पशुपालन पकेट क्षेत्र संगै वडा नं.१ हात्तिखर्क क्षेत्रलाई लाई मकै पकेट क्षेत्र घोषणा गरिएको थियो ।उक्त पकेट क्षेत्र मध्ये १ हजार ५ सय रोपनी मकै खेतीका लागि लक्ष्यित गरेर उक्त समुहलाई कृषि सामाग्रीहरु उपलब्ध गराईएको गाउँपालिका कृषि शाखा अधिकृत मिलन कार्कीले बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *