धनकुटाको छथर जोरपाटी गाउँपालिकाको ब्यक्तिगत घटना अनलाईनबाटै हुने,अन्य काम पनि अनलाईनबाट गर्ने तयारी हुदै

असार १६ धनकुटा ।

धनकुटाको छथर जोरपाटी गाउँपालिकाले ब्यक्तिगत घटना दर्ता अनलाईनबाट शुरु गरेको छ ।

राष्ट्रिय परिचय–पत्र तथा पन्जीकरण विभाग सेवा ईकाइ छथर जोरपाटी संगको समन्वयमा उक्त सेवा शुरु गरिएको हो ।

पालिकाका ६ वटै वडाबाट जन्म,मृत्यु,बिवाह,सम्बन्ध बिच्छेद,बसाईसराईका घटनाहरु अनलाईन पद्दतीमा सुचारु गरिएको सेवा ईकाइका फिल्ड सहायक रबिन्द्र रनपयलीले जानकारी दिनुभयो ।

अनलाईन पद्दतीमा ब्यक्तिगत घटना दर्ता भएपछि ढड्डा(कागजी किताब) मा जस्तो श्रेस्ता हराउने तथा च्यातिने समस्याको अन्त्य भएको पालिकाका सूचना अधिकृत नेत्रबहादुर श्रेष्ठले जानकारी दिनुभयो ।अनलाईन पद्दतीमा घटना दर्ता भएपछि दर्ता नं.बाट त्यसको बिवरण बिश्वको जुनैपनि ठाउँबाट हेर्न सकिने श्रेष्ठले जानकारी दिनुभयो ।

निकट भबिष्यमा पालिकाको सबैकाम अनलाईनबाट सन्चालन गर्न ६० प्रतिशत भन्दा बढी काम भईसकेको पनि सूचना अधिकारी श्रेष्ठले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *