महालक्ष्मी नगरपालिका धनकुटाद्वारा ६४ करोडको बजेट बिनियोजन

असार ११ धनकुटा ।

आगामी आर्थिक बर्ष २०७८/०७९ का लागिमहालक्ष्मी नगरपालिका धनकुटाले ६४ करोड बजेट बिनियोजन गरेको छ ।

चालु आर्थिक बर्षको भन्दा बजेट बृद्धी गर्दै नगरपालिकाले आगामी आर्थिक बर्षका लागि ६४ करोड ५४ लाख ९५ हजार ४ सय ४० रुपैयाँ बजेट विनियोजन गरेको हो ।

चालु आर्थिक बर्षका लागि महालक्ष्मी नगरले ६० करोड ४७ लाख ७० हजार ३ सय ३१ रुपैयाँ बजेट ल्याएको थियो । चालु आर्थिक बर्षको तुलनामा आगामी आर्थिक बर्षका लागि ४ करोड ७ लाख २५ हजार १ सय २७ रुपैयाँ बजेट बृद्धि गरिएको छ । नगर प्रमुख पर्शुराम नेपालको अध्यक्षतामा आयोजित सातौं नगर सभामा उपमेयर मञ्जु अधिकारीले बजेट प्रस्तुत गर्नु भएको थियो ।

बजेटमा आर्थिक विकासका लागि ५ करोड ५० लाख, सामाजिक विकासमा ३ करोड ५० लाख, पूर्वाधार विकासमा ८ करोड ५० लाख, वातावरण तथा विपद् व्यवस्थापनमा १ करोड, संस्थागत विकास, सेवा प्रवाह र सुशासनमा २ करोड बजेट वाँडफाँड गरिएको छ । बजेट सार्वजनिक गर्नुअघि नगर प्रमुख नेपालले बार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्नु भएको थियो ।

नगरसभाले महालक्ष्मी नगरपालिकाको आफ्नै नगर गान पनि सार्वजनिक गरेको छ । महालक्ष्मी नगरले यसअघि नगरको बेग्लै लोगो पनि सार्वजनिक गरेर प्रयोगमा ल्याइ सकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *