नेपाल नेत्र ज्योती संघ धनकुटाद्वारा कोरोना अस्पताल धनकुटालाई ५० थान पिपिइ प्रदान,जिल्लाका प्रभावित ग्रामिण भेगमा समेत प्रदान गरिने

असार ८ धनकुटा ।

धनकुटा कोरोना अस्पताल र कोरोना आकस्मिक कक्षलाई नेपाल नेत्र ज्योती संघ धनकुटाद्वारा ५० थान पिपिइ प्रदान गरेको छ ।

कोरोना संक्रमण नियन्त्रणमा सहज होस भन्ने उद्देश्यले स्वास्थ्य सुरक्षाको लागि अस्पताललाई पिपिइ सेट प्रदान गरिएको हो ।

धनकुटाका ग्रामिण क्षेत्रहरुमा अहिले तिव्र रुपमा कोरोना भाईरस फैलिदै गएकाले स्थानीय तहहरु,कोरोनाबाट अति प्रभावित ग्रामिण क्षेत्रहरुमा पनि पिपिइ सेट प्रदान गर्ने नेपाल नेत्र ज्योती संघ धनकुटाका सचिव देव खड्काले वताउनु भयो ।

पिपिइ सेट हस्तान्तरण कार्यक्रममा धनकुटा अस्पतालका प्रमुख डा पुजन विश्वकर्मा र प्रवक्ता राजन पोखरेललाई नेपाल नेत्र ज्योती संघ धनकुटाका सचिव देव खड्का,कोषाध्यक्ष पुरेन्द्रलाल श्रेष्ठ,कार्यकारी सदस्यहरु प्रकाश श्रेष्ठ,लिलानाथ मिश्र, ऋषिराम ढुंगाना,विजय सन्तोषी राई,प्रशासन शाखा प्रमुख नरेन्द्र वस्नेत लगायतकाको उपस्थिति रहेको थियो ।

नेपाल नेत्र ज्योती संघ धनकुटाको आज सम्पन्न भएको बैठकले संघका धनकुटा अध्यक्ष तथा यूवा समाजसेवी रोशेष श्रेष्ठका पिता वरिष्ठ समाजसेवी धर्मलाल श्रेष्ठको हालै निधन भएकोमा उहाप्रति सम्मान सहित श्रद्धाञ्जली अर्पण गर्ने र शोकाकुल परिवारजनमा समवेदना व्यक्त गर्ने निर्णय समेत गरेको सचिव देव खड्काले वताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *