ट्रिपर अनियन्त्रित भइ अरुणमा खस्दा पाख्रीवासका दिपेश भट्टराईको मृत्यु

असार ३ संखुवासभा ।

निर्माणाधीन अरुण तेस्रो जलविद्युत आयोजनाको पावर हाउस पुखुवामा ट्रिपर अनियन्त्रित भइ अरुण नदीमा  खस्दा पाख्रीवास-४  धनकुटाका दिपेश भट्टराईको मृत्यु भएको छ ।

गएराती बा ५ ख १४० नम्बरको ट्रिपर ढुङ्गा झार्ने क्रममा ब्याक गर्ने क्रममा अनियन्त्रित भइ करिब तीन सय मिटर तल अरुण नदीको किनारमा खस्दा ट्रिपरका सहचालक भट्टराईको मृत्यू भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

दूर्घटनामा परी ट्रिपरका चालक काभ्रेपलाञ्चोक भकुन्डेबेसीका नवराज श्रेष्ठ घाइते भएको  जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी सहायक निरीक्षक रोजिना घिमिरेले जानकारी दिनुभयो  । श्रेष्ठलाई उपचारका लागि धरान लगिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *