धनकुटामा असार ११ गतेसम्म केही खुकुलो पार्दै निशेधाज्ञा थप

असार ३ धनकुटा ।

जिल्ला प्रशासन कार्यालय धनकुटाद्वारा बिहिवार रातको १२ बजेदेखि असार ११ गतेसम्मका लागि केही खुकुलो सहित निषेधाज्ञाको समय थप गरेको छ ।

कोभिड व्यवस्थापन समिति धनकुटाको सिफारिस तथा जिल्ला सुरक्षा समिति धनकुटाको हिजो बसेको बैठकको निर्णय अनुसार असार ११ गते रातको १२ बजेसम्म जिल्लाभरी निशेध आदेश जारी गरिएको जिल्ला प्रशासन कार्यालयद्वारा जारी विज्ञाप्तमा जनाइएको छ ।

यसअघि असार ३ गतेसम्म थप गरिएको समय अवधि सकिएपछि पुनः ८ दिनका लागि निषेधाज्ञा थप गरिएको हो ।

निषेधाज्ञाको समयमा अत्यावश्यक दैनिक उपभोग्य वस्तुका पसल बिहान ६ देखि १ बजेसम्म खुला हुनेबाहेक अन्य सम्पूर्ण व्यवसाय तथा पसल, निजी, सार्वजनिक भाडाका सवारी साधनहरु बन्द गरिने छ ।बैंक तथा वित्तीय संस्था आइतबार, सोमबार, बुधबार र शुक्रबार बिहान ८ देखि १ बजेसम्म संचालन गरिने निर्णय भएको छ ।पुस्तक पसलहरु,

पशुपालनसँग सम्बन्धित समाग्री विक्री वितरणका पसलहरु,फेन्सिपसल,कपडा पसल,किराना पसल,इलेक्ट्रोनिक पसलहरु

स्वास्थ्य सुरक्षाका मापदण्ड पूर्ण पालना गरि विहान ७ देखि दिनको १ बजेसम्म खुल्ला गरिने निर्णय भएको जिल्ला प्रशासनद्वारा जारी निशेध आदेशमा जनाइएको छ ।

दैनिक उपभोग्य तथा अत्यावश्यक सामाग्री, फोहर बोक्ने सवारी साधन, एम्बुलेन्स, प्रेसका साधनलाई भने सञ्चालन हुन दिइने जिल्ला प्रशासन कार्यालय धनकुटाले जनाइएको छ ।यदि निशेध आदेश विपरीत हुनेगरि कसैले कुनैपनि क्रियाकलाप गरेको पाइएमा प्रचालित कानुन बमोजिम कार्वाही गरिने समेत प्रशासनले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.