निशान भगवती मन्दिर स्तरोन्नतिको लागि जिल्ला प्रहरी कार्यालयद्वारा १ लाख बढी सहयोग प्रदान

जेष्ठ ३० धनकुटा ।

ऐतिहासिक एवम् पुरातात्विक महत्वको श्री निशान भगवती मन्दिर स्तरोन्नतिका लागि जिल्ला प्रहरी कार्यालय धनकुटाले १ लाख ६९ हजार २ सय ५५ रुपयाँ मन्दिर स्तरोन्नती मुल समितीलाई उपलव्ध गराएको छ ।

धनकुटा नगरपालिका ६ मा अवस्थित निशान भगवती मन्दिरमा तामाको छाना तथा कलात्मक रुपमा भित्तामा तेलिया ईटा लगाउने कार्य प्रारम्भ भएकोले त्यसको सहयोगका लागि उल्लेखित रकम सहयोग गरिएको जिल्ला प्रहरी कार्यलय धनकुटाले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय धनकुटा र मातहत प्रहरी कार्यालयहरुमा कार्यरत प्रहरी कर्मचारीबाट सहयोग स्वरुप उल्लेखित रकम संकलन गरिएको हो । रकम जम्माको बैंक भौचर निशान भगवती मन्दिर स्तरोन्नती मूल समितीका संरक्षक संयोजक नेपाली सेनाका प्रमुख सेनानी भगवान थापा मगर र मूल समितिका अध्यक्ष जनार्दन घिमिरे लगायत जिल्ला प्रहरी कार्यालय धनकुटाको प्रहरी कर्मचारीहरुको उपस्थितिमा समितीका आर्थिक संयोजक दोर्ण गुरागाईलाई जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रमुख प्रहरी उपरीक्षक गोविन्द अधिकारीले हस्तान्तरण गर्नुभएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *