धनकुटाको पाख्रीवास-१० का एक कृषकको पशुचौपायाको एकैपटक मृत्यु,लाखौको क्षति

जेष्ठ २९ धनकुटा ।

धनकुटाको पाख्रीवास नगरपालिका वडा नं १० का कृषक बासु पोख्रेलको एकै पटक धेरै पशुचौपाया मर्दा लाखौ नोक्सानी भएको छ ।

कृषक पोखरेलको एकै पटक एक भैंसी,एक गाई,दुई खसी,दुई वाख्रा सहितका पशुचौपाया मर्दा दुईलाख वढीको नोक्सान भएको हो ।

खोले खुवाएको एकैछिनमा ती पशुचौपाया दुईदिन अघि मरेका हुन् । अघिल्लो दिन वेलुकी पकाएर राखेको खोले (कुँडो) विहान खुवाउदा अकस्मात ती पशुहरु मरेको पाईएको पाख्रीवास नगरपालिका वडा नं १० का वडाध्यक्ष हरि वहादुर खत्रीले वताउनु भयो ।

पशुहरु मर्दा करिब २ लाख १० हजार वढीको नोक्सान भएको अनुमान गरिएको वडाध्यक्ष खत्रीले बताउनु भयो । नियमित नै खुवाईदै आएको खोले त्यो दिन खुवाउदा किन पशुहरु के भएर,कसरी मरे भन्ने कुरा वुझ्न पशु प्राविधिक सहित छिमेकी बोलाएर हेरिएको थियो । त्यसरी हेर्दा पकाएर राखेको खोलेमा कसैले गलत नियतका साथ विष मिसाईदिएको हुन सक्ने अशंका गरिएको पशु प्राविधिक गोरख तामङले वताउनुभयो ।

पशु प्राविधिक तामाङले भन्नुभयो “पकाएर राखिएको खोले हेर्दा माथिबाट केही फरक खालको तार देखीएको थियो । जुन सामान्य खोलेको तर भन्दा फरक थयो ।“ घटनाको वारे थप अनुसन्धान गर्न प्रहरी कार्यालयमा उजुरी दिईएको कृषक पोखरेलले वताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *