धनकुटामा आज ५३ जना कोरोना संक्रमण मुक्त

जेष्ठ २९ धनकुटा ।

जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको दिउँसो तीन वजे सम्मको तथ्यांक अनुसार आज जिल्लाका ५३ जना कोरोना मुक्त भएको छन् ।

यो सँगै धनकुटा जिल्लामा कोरोना संक्रमण मुक्त हुनेको संख्या ८ सय ९५ पुगेको छ ।

हाल जिल्लामा सक्रिय संक्रमितको संख्या ४ सय ८ रहेको कोभिड १९ संकट व्यवस्थापन केन्द्रले उल्लेख गरेको छ । ती मध्ये होम आईशोलेसनमा ३ सय ८५,संस्थागत आईशोलेसनमा १२ र अस्पतालमा ११ जना उपचाररत छन् ।

धनकुटाका थप एक जना कोरोना संक्रमित महिलाको आज निधन भएको छ । कोरोना संक्रमण पुष्टि भई विराटनगर नोवेल हस्पिटलमा उपचाररत धनकुटा नगरपालिका १ की ४९ वर्षकी महिलाको निधन भएको स्वास्थ्य कार्यालय धनकुटाले जनाएको छ । यो सँगै जिल्लामै कोरोना पुष्टि भई जिल्लामै र वाह्य स्थानमा उपचारको क्रममा निधन हुनेको संख्या २१ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *