सहिदभूमि गाउँपालिका धनकुटाका ५४ जना कोरोना संक्रमण मुक्त

जेठ २९ धनकुटा ।-नरेन्द्र कश्चित

धनकुटाको सहिदभूमि गाउँपालिकामा ५४ जना कोरोना संक्रमण मुक्त भएका छन् ।

सहिदभूमि गाउँपालिकामा १ सय ८३ जनामा कोरोना संक्रमण पुष्टि भएकोमा हालसम्म ५४ जना कोरोना संक्रमण मुक्त भएका हुन् ।

सहिदभूमि गाउँपालिकाको विभिन्न वडामा गरि आजसम्म ९९ जना स्वास्थ्यकर्मीको निगरानीमा होम आइसोलेशनमा रहनु भएको पालिकाका स्वास्थ्य शाखाका प्रमुख फकिर मुहम्मद मुस्ताफाले जानकारी दिनुभयो ।कोरोना संक्रमित मध्ये ३ जनाको मृत्यु भएको समेत स्वास्थ्य शाखाका प्रमुख मुस्ताफाले बताउनु भयो ।

कन्ट्रयाक्ट ट्रेसिङ र लक्षण देखिएको वडा र टोलहरुबाट जानकारी आउने साथ उक्त टोलका घरपरिवारमा गई एन्टिजेन विधिबाट परिक्षणलाई तिब्र पारिएको सहिदभूमि गाउँपालिकाका प्रमुख मनोज राईले बताउनु भयो ।कोरोना संक्रमणलाई वेवास्ता नगरी निशेधाज्ञाको पालाना गर्न र घरैमा बस्न तथा स्वास्थ्य सुरक्षाको मापदण्ड अनिवार्य पालाना गर्न गाउँपालिकाले आम पालिकाबासीहरुलाई आग्रह समेत गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *