पत्रकारिता कल्याण कोषको लागि आर्थिक सहयोग गर्न नेपाल पत्रकार महासंघ तेह्रथुमद्वारा अपिल

जेठ १७ तेह्रथुम ।

नेपाल पत्रकार महासंघ तेह्रथुम शाखाले पत्रकारिता कल्याण कोषमा आर्थिक सहयोग गर्न विज्ञप्ति मार्फत सार्वजनिक अपिल गरेको छ ।

यस विषम परिस्थितिलाई ध्यानमा राख्दै महासंघको तेह्रथुम शाखा कार्यसमितिले भर्चुअल माध्यमको बैठकबाट छलफल गरि विभिन्न निर्णय गर्दै कोषबाट तेह्रथुमका पत्रकारलाई महामारी, प्राणघातक रोग, प्राकृतिक प्रकोप तथा जोखिममा आवश्यकता अनुसार उपचार खर्चमा सहयोग गर्ने उदेश्यले आर्थिक सहयोगको आह्वान गरेको हो ।

महामारीको रुपमा फैलिएको कोरोना भाईरसको दोश्रो लहरबाट तेह्रथुमका पत्रकारमा समेत पनि केही दिन यता कोरोना संक्रमण देखिएको जनाइएको छ ।

बैठक मार्फत अग्रपंक्तिमा रहेर आमनागरिकलाई सूचना दिने, सचेतना जगाउने तथा दवाव सृजना गर्ने काममा खटिएका पत्रकार, सञ्चाकर्मीलाई कोरोना विरुद्धको खोप, पिसिआर, एन्टिजिन परीक्षण सहज बनाउन, स्वास्थ्य सुरक्षाका सामाग्री उपलब्ध गराउन तथा संक्रमित पत्रकारको निःशुल्क उपचार लगायतको उचित प्रवन्ध मिलाउनका लागि स्थानीय, प्रदेश तथा संघीय सरकारलाई जोडदार माग गरेको शाखाद्वारा सार्वजनिक गरिएको विज्ञप्तिमा उल्लेख छ ।

संचार क्षेत्रमा कार्यरत संचारकर्मीहरुलाई समाचार संकलनको शिलसिलामा पर्न सक्ने जोखिम, प्राकृतिक विपद लगायतलाई मध्यनजर गर्दै तेह्रथुम पत्रकारीता कल्याण कोष कार्यान्वयनमा ल्याईएको शाखाका अध्यक्ष अमृतकुमार बास्तोलाले बताउनु भयो ।

शाखाले लक्ष्य राखेको कल्याण कोषको लागि आर्थिक आवश्यक परेको हुँदा स्वदेश तथा विदेशमा रहनुहुने महानुभाव, स्थानीय सरकार, प्रदेश सरकार, संघीय सरकार, जनप्रतिनिधि तथा सम्पूर्ण शुभेच्छुक संघसंस्था र इच्छुक व्यक्तिले सनराइज बैंक तेह्रथुम शाखामा रहेको नेपाल पत्रकार महासंघको खाता नं ०६४००३६०९०७०१००१ मा जम्मा हुने गरि सहयोग गरिदिन पनि अपिल गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *