१ नं.प्रदेश पत्रकार महासंघद्वारा धनकुटाका पत्रकारहरुलाई मास्क र सेनिटाइजर प्रदान

जेठ १४ धनकुटा ।

नेपल पत्रकार महासंघ १ नं.प्रदेश कार्य समिति विराटनगरले धनकुटाका पत्रकारहरुलाई मास्क र सेनिटाइजर प्रदान गरेको छ ।

नेपाल पत्रकार महासंघ १ नं.प्रदेशका महिला उपाध्यक्ष हिमा कुमारी चेम्जोङ्गले नेपाल पत्रकार महासंघ धनकुटा शाखाका अध्यक्ष नगेन्द्र राई ,उपाध्यक्ष देवकला कार्की,सचिव हरी बहादुर लम्जेललाई संयुक्त रुपमा धनकुटाका पत्रकारहरुका लागी मास्क र सेनिटाईजर प्रदान गर्नु भएको हो ।

धनकुटाका पत्रकारहरु अत्यन्तै ठूलो जोखिम मोलेर फ्रन्ट लाईनमा काम गरिरहेका पत्रकारहरुका लागि स्वास्थ्य सुरक्षाका लागि सामाग्री प्रदान गरिएको नेपाल पत्रकार महासंघका १ नं.प्रदेश उपाध्यक्ष हिमा चेम्जोङ्गले वताउनु भयो ।

नेपाल पत्रकार महासंघ धनकुटाका अध्यक्ष नगेन्द्र राईले स्वास्थ्य सुरकक्षाका सामाग्री प्रदान गर्नु भएकोमा १ नं. प्रदेश पत्रकार महासंघलाई धन्यवाद दिनु भएको थियो ।

सामाग्री हस्तान्तरण कार्यक्रममा नेपाल पत्रकार महासंघ धनकुटाका संस्थापक अध्यक्ष सञ्जय सन्तोषी राई,पूर्व अध्यक्ष विजय सन्तोषी राई,नेपाल पत्रकार महासंघ धनकुटाका उपाध्यक्ष देवकला कार्की,सचिव हरी हादुर लम्जेल, पूर्व कोषाध्यक्ष नारायण कुमार राई लगायतका संचारकर्मीहरुले कोरोनाले महामारी सिर्जना गरिहेको अवस्थामा १ नं.प्रदेश पत्रकार महासंघले सामाग्रीहरु उपलब्ध गराएर धनकुटाका पत्रकारहरुलाई उत्साह र उर्जा पैदा गराएको वताउनुभयो ।

नेपाल पत्रकार महासंघ १ नं प्रदेशबाट प्राप्त सामाग्री आजै केही पत्रकारहरुलाई वितरण गरिएको छ भने बाँकी भोलीदेखि वितरण गरिने नेपाल पत्रकार महासंघ धनकुटा शाखाका सचिव हरि बहादुर लम्जेलले बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *