माहुरी पालनबाट लाखौको आम्दानी

जेष्ठ ६ धनकुटा ।

धनकुटाको पाख्रीवास नगरपालिका वडा नं ९ का कृषक सुक्र बहादुर राईले माहुरी पालन व्यवसायबाट एकै वर्षमा ९ लाख ४० हजार आम्दानी लिनु भएको छ ।

विगत ६ वर्षदेखी व्यवसायीक माहुरी पालन गर्दै आउनुभएका कृषक राईले यो वर्ष मह विक्रि गरेर ३ लाख र दुइ सय भन्दा बढी माहुरीको घार बिक्रि गरेर ६ लाख ४० हजार आम्दानी गर्नुभएको हो ।

आर्थिक उपार्जनका लागि विदेशी भूमीमा समेत पसिना बगाउनु भएका राई राम्रो कमाइ नभएपछि १० वर्ष अघि स्वदेश फर्केर व्यवसायिक कृषि क्षेत्रमा लाग्नु भएको हो ।

२०७२ साल देखि व्यवसायिक रुपमा माहुरी पालन व्यवसाय गर्न थाल्नु भएको राईले अहिले ८५ वटा घार भन्दा माथि सेरेना जातका माहुरी पालन गर्नुभएको छ ।
यो वर्ष २ सय ७० केजी मह उत्पादन गरेर ३ लाख आम्दानी लिन सफल भएको कृषक राईले बताउनु भयो । माहुरीको आधुनिक घार बनाई विक्रिवितरण समेत गर्दै आउनु भएको छ ।

यस वर्ष माहुरीको गोला विनाको ९० वटा घार, प्रतिघार ५ हजारको दरले ४ लाख ५० हजारको विक्रि गरेको राईले वताउनुभयो ।माहुरी सहितको ५ वटा घार प्रतिघार ५ हजारकै दरले २८ वटा घार विक्रि गरी १ लाख ९० हजार कमाएको राईले बताउनु भयो ।

अझै पनि कृषि ज्ञान केन्द्र धनकुटा लगायतबाट २२ वटा माहुरीको घारको माग रहेको कृषक राईले बताउनु भयो । माहुरीको घार तथा मह जिल्लाको विभिन्न स्थानिय तह सहित बाहिर जिल्ला सुनसरी, मोरङ, उदयपुर भोजपुर लगायतका जिल्लामा निर्यात हुने गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *