भोजपुर र झापा रामनवमी कप भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश

वैशाख ७ धनकुटा ।-शर्मिला राई

धनकुटाको हिलेमा जारी १ नं प्रदेश पालिका स्तरिय रामनवमी कप भलिवल प्रतियोगिताको फाईनलमा भोजपुर षडानन्द नगरपालिका र झापा गाउँपालिका प्रवेश गरेका छन् ।

हिले भलिवल क्लवको आयोजनामा भईरहेको प्रतियोगितामा आज झापाको दमक नगरपालिका सँग भिडेको षडानन्दले २०-२५,१७-२५,१७-२५ अंकले दमकलाई हराउदै षडानन्द नगरपालिका भोजपुरले फाईनलमा स्थान सूरक्षित गरेको हो ।

आजै भएको खेलमा पथरी शनिश्चरे मोरङलाई १८-२५,२३-२५,२२-२५ अंकले हराउँदै झापा गाउँपालिकाले फाईनल यात्रा तय गरेको छ।

फाईनल खेल भोलि १ वजे देखी हुने आयोजक क्लवका अध्यक्ष सञ्जिव तामाङले जानकारी दिनुभयो । प्रतियोगिताको पहिलो हुने टिमले नगद १ लाख सहित कप, मेडल र प्रमाण पत्र र दोश्रो हुने टिमले नगद ५० हजार सहित कप, मेडल र प्रमाण पत्र पुरस्कार पाउने आयोजकले जनाएको छ । प्रतियोगिताको सेमी फाईनल सम्म आईपुगेका ४ वटै टिमलाई आजै भत्ता स्वरुप नगद ५,५ हजार प्रदान गरिएको क्लवका अध्यक्ष तामाङले वताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *