प्रदेश पालिका स्तरीय रामनवमी कप भलिबल प्रतियोगिता शुरू

वैशाख ६ धनकुटा ।-शर्मिला राई

धनकुटाको हिलेमा १ नम्बर प्रदेश पालिका स्तरिय रामनवामी कप भलिवल प्रतियोगिता आजदेखि शुरू भएको छ ।

हिले भलिवल क्लवको आयोजनामा आजदेखी शूरु भएको प्रतियोगिताको पहिलो दिनको पहिलो खेल धनकुटा नगरपालिका र झापाको दमक नगरपालिका वीच भएको थियो ।

यी दुई पालिका वीचको खेलमा १८-२५ र १६-२५ को सोझो सेटमा दमक नगरपालिका विजयी भएको छ ।

त्यस्तै चुलाचुली गाउँपालिका ईलाम र पथरी शनिश्चरे गाउँपालिका मोरङ वीच भएको दोश्रो खेलमा २८-३० र १६-२५ अंकले पथरी शनिश्चरे विजयी भयो । झापा गाउँपालिका र धनकुटाको पाख्रीवास नगरपालिका वीच भएको तेश्रो खेलमा २५-२० र २५-२२ अंकले झापा गाउँपालिका विजयी बनेको प्रतियोगिता आयोजक क्लवका अध्यक्ष सञ्जिव तामाङले जानकारी दिनुभयो ।

धनकुटा, भोजपुर, ईलाम, झापा, मोरङ्ग जिल्लाका १० टिमले सहभागिता जनाएको प्रतियोगितामा विजेता टिमले नगद १ लाख सहित कप, मेडल र प्रमाण पत्र र उप-विजेता हुने टिमले नगद ५० हजार सहित कप, मेडल र प्रमाण पत्र पुरस्कार पाउने आयोजक क्लवले जनाएको छ ।

भोलिको पहिलो खेल विहान ९ वजेदेखी साँगुरीगढी गाउँपालिका धनकुटा र पथरी शनिश्चरे गाउँपालिका वीच हुने छ । प्रतियोगिताको फाईनल खेल वैशाख ८ गते हुने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *