जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग कप शुरु

वैशाख ४ धनकुटा ।

धनकुटा जिल्लामा १२औ जिल्ला स्त्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता शुरु भएको छ ।

धनकुटा जिल्ला स्त्तरीय १२औ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको प्रतिनिधि सभाका सांसद राजेन्द्र राईले उद्घाटन गर्नुभयो ।

खेलकुदको माध्यमबाट नेपाललाई विश्वसामु चिनाउन सकिने भएकोले खेल विकासका लागी सवै लाग्नु पर्नेमा संघीय संसद राईले जोड दिनु भयो ।

सो अवसरमा जिल्ला समन्वय समिति धनकुटाका प्रमुख टंक चुहान,धनकुटा नगरपालिकाका प्रमुख चिन्त्तन तामांग आयोजक समितिका सदस्य मन कुमारी तितुङ्ग लगायतले शुभ कामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।

उद्घाटन पछी आयोजित विभिन्न खेलकुद प्रतियोगिता अन्त्तर्गत दौड तथा एथिलेष्टिक प्रतियोगिताहरुमा विजयी विद्यार्थी तथा विद्यालयहरुलाई संघीय सांसद राजेन्द्र राई,धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राई,अभिभावक संघ धनकुटाका अध्यक्ष सुन्दर वाबु श्रेष्ठ,गोकुण्डेश्वर माविका प्रधानाध्यापक यज्ञ प्रकाश चापाँगाई,जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भोगेन्द्र थापा,कार्यालय प्रमुख नविन प्रधान,हिले माविका प्रधानाध्यापक खगेन्द्र आर्चाय,सहिदभूमी गाउपालिका शिक्षा इकाई शाखा प्रमुख उमेश राई लगायतले कप,मेडल तथा प्रमाण पत्र प्रदान गर्नु भएको थियो ।

धनकुटा जिल्लाका सातवटै पालिकाका विभिन्न विद्यालयहरुले भाग लिएको जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख तथा खेलकुद विकास समितिका धनकुटाका सदस्य सचिव नविन प्रधानले वताउनु भयो ।

कार्यक्रम जिल्ला खेलकुद विकास समिति धनकुटाका अध्यक्ष भोगेन्द्र थापाको अध्यक्षता सम्पन्न भएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *