नेपालमा हल्का वर्षा र हिमपात हुन सक्ने

फागुन २२ काठमाडौ । नेपालन्यूजसेन्टर संवाददाता

आंशिकदेखि सामान्य बदली रही देशको अधिकांश भू–भागका केही स्थानमा हल्का वर्षा र हिमपात हुने संभावना रहेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार पश्चिमी वायुको आंशिक प्रभावले आज १ नं प्रदेश , वाग्मती, गण्डकी र पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही १ नं प्रदेश, वाग्मती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू–भागको एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको बताएको छ ।

देशका केही पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भ–ूभागमा मौसम सामान्यतया सफा रहेको छ ।१ नं प्रदेश , वाग्मती, गण्डकी तथा गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू–भागको एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *