नेपाल आदिवासी जनजाति पत्रकार महासंघ धनकुटाले स्मारिका पुस्तक निकाल्ने

फागुन ६ धनकुटा ।नेपालन्यूजसेन्टर संवाददाता

नेपाल आदिवासी जनजाती पत्रकार महासंघ धनकुटाले हालसम्म गरिएको कार्य लगायत विविध विषयलाई समेटेर स्मारिका पुस्तक प्रकाशन गर्ने भएको छ ।

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ धनकुटाको आज बसेको बैठकले उक्त निर्णय गरेको हो ।

धनकुटामा आदिवासी जनजाति पत्रकारहरूको एतिहासिक पृष्ठभुमि,आदिवासी जनजाति आन्दोलनमा धनकुटाका संचारकर्मीहरूको योगदान लगायत धनकुटा जिल्लामा रहेका विभिन्न जातजातिको भाषा,संस्कार,सँस्कृति संरक्षणमा आदिवासी जनजाति पत्रकारहरूको अवस्था योगदान लगायतका विषय वस्तुलाई समेटेर स्मारिका पुस्तक निकाल्न लागिएको शाखा अध्यक्ष सन्तबीर लामाले बताउनु भयो ।
आजै बसेको बैठकले स्मारिका प्रकाशनको लागि सम्पादक मण्डडल,सल्लाहकार समिति,कानुनी सल्लाहकार समेत चयन गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *