धनकुटामा नाप तौल दर्ता र नविकरण अभियान सम्पन्न

धनकुटा २५ माघ ।नेपालन्यूजसेन्टर संवाददाता

उद्योग बाणिज्य संघ धनकुटाको आयोजनामा र गुणस्तर तथा नाप तौल कार्यालय विराटनगरको सहयोगमा घर दैलोमानै नाप तौल नविकरण तथा दर्ता कार्यक्रम धनकुटामा आज सम्पन्न भयो ।
धनकुटाका उद्योगी व्यापारी तथा व्यावसायीहरुलाई सहजता प्रदान गर्नका लागी घरदैलोमा नाप तौल नविकरण तथा दर्ता कार्यक्रम गरि उद्योग बाणिज्य संघ धनकुटाले सेवा प्रदान गरेको हो ।
धनकुटा उद्योग बाणिज्य संघले गुणस्तर तथा नाप तौल कार्यालय विराटनगरको सहयोगमा धनकुटा जिल्लाको पाख्रिवास बजार,हिले बजार,सिधुवा बजार र धनकुटा बजारमा गरी तिन दिन सम्म संचालन गरेको नाप तौल डोर मुकाम कार्यक्रम अर्न्तगत ४ सय ५२ जनालाई नाप तौल सम्वन्धि शिक्षा दिएको र ३ सय ९ जना व्यावसायीहरुले नाप तौलको नविकरण तथा दर्ता गरेको धनकुटा उद्योग बाणिज्य संघको अध्यक्ष विजय सन्तोषी राईले वताउनु भयो ।

धनकुटा उद्योग बाणिज्य संघले आयोजना गरेको नाप तौल डोर मुकाम कार्यक्रम धनकुटाको पाख्रिवास,हिले,सिधुवा र धनकुटा बजारका व्यापारी,व्यावसायी र उद्योगीहरुको नाप तौलको गुणस्तर तथा नाप तौल विराटनगरका निरिक्षक संजिव कुमार ठाकुर,साहयक निरिक्षकहरु टेक वहादुर थापा, प्रमोद कुमार यादव र कर्मचारी जितेन्द्र चौधरीले प्रत्यक्ष निरिक्षण तथा चेक जाँच गरी नविकरण तथा दर्ता सेवा प्रदान गर्नु भएको थियो ।
आज भएको धनकुटाको पाख्रिवास बजारको नाप तौल सम्वन्धि डोर मुकाम कार्यक्रममा धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राई ,कोषाध्यक्ष रुपेश श्रेष्ठ,कार्यकारी सदस्य देव वहादुर गहतराज उद्योग बाणिज्य संघ पाख्रिवास शाखाका अध्यक्ष केशव राई, जिल्ला समन्वय समितिका सदस्य डागम कुमार राई,पूर्व वडाध्यक्ष भक्त वहादुर गुरुङ्ग लगायतले नाप तौल दर्ताको बारेमा सहजीकरण गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *