मुलुकलाई समृद्ध बनाउन राज्यको सवै ठाउँमा यूवाको नेतृत्व आवाश्यक छ,नेपाली कांग्रेसका यूवा नेता थापा ।

असार ९ धनकुटा/नेपालन्यूजसेन्टर:

पूर्व स्वास्थ्य मन्त्रि तथा नेपाली कांग्रेसका प्रभावशाली केन्द्रिय सदस्य यूवा नेता गगन थापाले मुलुकको विद्यामान समस्या समाधन गरी मुलुकलाई समृद्ध बनाउन राज्यको सवै ठाउँमा यूवाको नेतृत्व आवाश्यक रहेको वताउनु भएको छ  ।

नेपाली कांग्रेस धनकुटाद्धरा आज सञ्चालित प्रविधि मैत्री जुम अन्र्तक्रियालाई सम्बोधन गर्दै उहाँले त्यस्तो वताउनु भएको हो । वर्तमान युग अनुसारको प्रविधिलाई यूवाहरुले मात्र राम्ररी बुझेकोले यूवाहरुको नेतृत्वले  मुलुकको विद्यामान सम्पूर्ण समस्या समाधान गरी मुलुकलाई चाडै  समृद्ध बनाउन सक्नेमा जोड दिदै यूवा नेता थापाले यूवाहरुले  हस्तक्षेप गरेर भए पनि अव नेतृत्वमा आउनु जरुरी रहेको  वताउनु भयो । उहाले अव नेपाली कांग्रेस पुरानो शैली, सँस्कार,कार्ययोजनाबाट चल्न नसक्ने र मुलुकको नेतृत्व समेत गर्न नसक्ने भएकाले नयाँ नेतृत्वका साथ नयाँ भिजन र मिसनका साथ २१ औ शदाब्दीको भारी भोक्न सक्ने आधुनिक कांग्रेस बनाउनु पर्नेमा सवै यूवाहरु लाग्नु पर्ने वताउनु भयो ।

महत्वपूर्ण राष्टिय विषयहरुमा कांग्रेसको पूर्ण सहयोग र समर्थन सरकारलाई हुँदाहुँदै पनि स्पष्ट भिजन नभएकाले पूर्ण रुपमा सरकार असफल भएको भन्दै नेता थापाले कोरोना भाईरस नियन्त्रण गर्ने सरकार सँग कुनै महत्वपूर्ण र स्पष्ट योजना नभएको रहचुवाको भरमा अगाडी बढेकोले यो भाईरसको संक्रमण वढ्दै गएको वताउनु भयो ।

अव चाडै नेपालमा पनि कोरोना भाईरसको अझ ठूलो माहामारी आउन सक्ने सम्भावना रहेको भन्दै उहाँले तत्काल विशेष योजना बनाएर  यो भाईरस विरुद्धको युद्धलाई सवैको सहयोग र सहभागीतामा सरकारले तिव्र रुपमा अभियान सञ्चालन गर्न आवाश्यक रहेको वताउनु भयो । वर्तमान सरकार दुई तिहाईको जस्तो देखिए पनि आन्तरीक रुपमै सरकार फसेको र सरकार टिकाउनै प्रधान मन्त्रीलाई धौ धौ परिरहेको उहाँले टिप्पणी गर्नुभयो ।

अन्तरक्रियामा पार्टीका आमन्त्रित केन्द्रिय सदस्य तथा संविधान सभा सदस्य मनोहर नारायण श्रेष्ठले मुलुक एक पछि अर्को समस्यामा दिन प्रतिदिन फस्दै गएकोले राष्टिय सहमतीको आधारमा अगाडी बढ्नु पर्ने आजको पहिलो आवाश्यक्ता भएको वताउनु भयो ।

नेपाली कांग्रेस धनकुटाका सभापति अग्नी प्रसाद पौडेलको अध्यक्षतमा सम्पन्न अन्तरक्रियाको जिल्ला सचिव विजय सन्तोषी राईले सहजीकरण गर्नु भएको थियो । स्वागत मन्तव्य जिल्ला कोषाध्यक्ष दिनेश राईले राख्नुभएको थियो । अन्तरक्रियाको उदेश्य जिल्ला सदस्य निर्मल प्रसाद ओझाले प्रकाश पार्नु भएको थियो ।

अन्तरक्रियामा नेपाली कांग्रेस धनकुटाका महासमिति सदस्य तथा १ नम्वर प्रदेशका सांसद लिला सुब्बा, पूर्व सभापति हरी अधिकारी,पूर्व उपसभापति   अजित नारायण सिंह थापा,निति तथा अनुसन्धान प्रशिक्षण प्रतिष्ठानका सदस्य रामजी कोङरेन,जिल्ला सचिव रविन्द्र नेपाली,सहसचिज सिता श्रेष्ठ,जिल्ला सदस्यहरु विष्णु पौडेल,सुमना तिम्सिना,खेम पौडेल,राजेन्द्र पौडेल,नेपाल धन राई,हर्कमान चेम्जोङ्ग,अम्विका परियार,जयन्द्र घिसिङ्ग,रुकमान तामाङ्ग,,राजेन्द्र खड्का,रमेश इवाहाङ्ग,यम प्रकाश मगर ,जिवन तामाङ्ग,गिरिजा दाहाल, निर्वाचन क्षेत्र कार्य समितिका ९क०का सभापति जितेन्द्र राई,सविच खड्ग लिम्बु,पूर्व जिल्ला सहसचवि राजन पौडेल,नेपाल शिक्षक संघका १ नम्वर प्रदेशका उपाध्यक्ष गंगारम ढुंगाना ,महाधिवेशन प्रतिनिधि नेपाल शिक्षक संघका १ नम्वर प्रदेशका अर्थ महासचिव राम कुमारी भण्डारी, उदय लिम्बु धनकुटा-काठमाण्डौ सम्पर्क समितिका सभापति भीम थापा,नेपाल महिला संघकी पूर्व केन्द्रिय सदस्य टिका भण्डारी, नेपाली कांग्रेस सहिदभूमी  कार्य समितिका सभापति तिर्थ राई,चौविसे गाउपालिका कार्य समितिका सभापति बिजु राई,भूपु सैनिक संघ धनकुटाका अधयक्ष धन वहादुर खड्का,पालिका पाख्रिवास नगर कार्य समितिका कोषाध्यक्ष विर वहादुर थापा, वडा नं ९ का सभापति डिवि मोक्तान,नेपाली कांग्रेस महालक्ष्मी नगर कार्य समितिका सह सचिव हरी प्रसाद सुवेदी,नेपाल टेड युनियन कांग्रेसका १ प्रदेश सदस्य गुरु काफ्ले, नेपाली कांग्रेस धनकुटाका नेता श्रीचापाई ,नेपाल शिक्षक संघ १ नम्वर प्रदेशका अर्थ महासचिव राम कुमारी भण्डार ,गोकुण्डेश्वर बाल मन्दिर माविका प्रधानाध्यापक दामोदर मिश्र, धनकुटाका अर्थ सचिव रोहीणी पाण्डे,सहसचिव शोभा वराल,शिक्षक संघ धनकुटाका पूर्व सचिव हरी दाहाल,सागुरीगढी गाउपालिका शिक्षक संघका अध्यक्ष कुल प्रसाद दाहाल,नेपाल महिला संघ धनकुटाका उपाध्यक्ष अम्विका धमला,महिला अधिकारकर्मी मिना राई,संगिता चापागाई,तरुण दल धनकुटका वरिष्ठ उपाध्यक्ष धिरज लामा तामांग,सचिव नरेन्द्र कस्चित,,हिलेका यूवा नेता अर्जुद शाही,तरुण दलका पूर्व सदस्य केदार घिमिरे,नेपाल प्रेस युनियनका १ नम्वर प्रदेश संयोजक लिला बल्लभ घिमिरे, धनकुटाका अध्यक्ष हिमा चेम्जोग,निर्वतमान अध्यक्ष यानिन्द्र तिगेला,पूर्व अध्यक्ष सुमन गुरागाई,खगेन्द्र घिमिरे,नेपाल दलित संघका केन्द्रिय प्रतिनिधि हरी दियाली,नेपाल विद्यार्थी संघ धनकुटा— काठमाण्डौ सम्पर्क समितिका अध्यक्ष सविन पोखरेल,पूर्व विद्यार्थी नेता बुद्धी  भट्राई,हरीराज गौतम,भोलाराज थापा,महेश पौडेल ,टेकेन्द्र ओझा, भोलाराज थापा लगायत   नेपाली कांग्रेस धनकुटाका नेता तथा कार्यकर्ताहरु भात्तृ तथा शुबेच्छुक संस्थाका पदाधिकारीको सहभागिता थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *