लकडाउनको कारण धनकुटाको पत्रकारिता संकटमा

वैशाख २५ धनकुटा ।नेपालन्यूजसेन्टर संवाददाता

धनकुटामा लकडाउनका कारण पत्रकारिता संकटमा पर्दै गएको पत्रकारहरूको अहिलेको समस्या र समस्या समाधान विषयक अन्त्तर्क्रिया कार्यक्रममा पत्रकारहरूले बताएका छन् ।

राष्ट्रिय पत्रकारिता दिवसको अवसरमा धनकुटामा नेपाल पत्रकार महासंघ १ नम्वर प्रदेश कार्य समितिले आयोजना गरेको उक्त अन्त्तर्क्रिया कार्यक्रममा धनकुटाका पत्रकारहरुलाई स्वास्थ्य सुरक्षा समाग्रीहरु समेत वितरण गरेको छ ।
नेपाल पत्रकार महासंघ १ नम्वर प्रदेश कार्य समितिका अध्यक्ष विक्रम लुईटेलले श्रमजीवि पत्रकार र संचार संस्थाहरु अहिले आर्थिक संकटमा पर्दै गएकाले राज्यले सहयोग गर्नु पर्ने वताउनु भयो ।

नेपाल पत्रकार महासंघ प्रदेश महासचिव विवेक गौतमले जोखिम तथा संकटमा परेका पत्रकारहरुलाई प्रदेश कार्य समितिले सहयोग गर्ने वताउनु भयो ।

नेपाल पत्रकार महासंघ धनकुटाका उपाध्यक्ष नगेन्द्र राईको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्व केन्द्रिय उपाध्यक्ष सञ्जय सन्तोषी राई,नेपाल पत्रकार महासंघ धनकुटाका पूर्व अध्यक्ष तथा नेपाल प्रेस युनियनका केन्द्रिय उपाध्यक्ष विजय सन्तोषी राई,पूर्व अध्यक्ष खगेन्द्र घिमिरे लगायतले लकडाउनका कारण आर्थिक संकट उत्पन्न हुँदै गएको कारण पत्रकारिता पेशानै संकटमा पर्दै गएकोले पत्रकारहरुलाई सवैले सहयोग गर्नु पर्नेमा जोड दिनु भयो ।

लकडाउनका कारण पत्र-पत्रिकाहरु प्रकाशन गर्न समस्या भैरहेको र आर्थिक कठिनाई समेत संचारकर्मी र संचार संस्थाहरुलाई हुन थालेको अन्त्तरक्रियामा सहभागी पत्रकारहरूले वताएका थिए ।

अन्त्तरक्रिया कार्यक्रमको संचालन गर्दै नेपाल पत्रकार महासंघ धनकुटा शाखाका सचिव विदुर खवासले धनकुटाका पत्रकारिताको अहिलेको अवस्थाको वारेमा प्रकाश पार्नु भएको थियो ।

सो अवसरमा नेपाल पत्रकार महासंघ १ नम्वर प्रदेश कार्य समितिका अध्यक्ष विक्रम लुईटेल, महासचिव विवेक गौतमले ले प्रदेश कार्य समितिको तर्फबाट धनकुटाका पत्रकारहरुका लागी धनकुटाका उपाध्यक्ष नगेन्द्र राईलाई कोरोना भाइरसबाट बच्न स्वास्थ्य सुरक्षा समाग्रीहरु प्रदान गर्नु भएको थियो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ १ नम्वर प्रदेश कार्य समितिका उपाध्यक्ष स्मिता निरौला,सदस्य सन्तोष रुचाल,नेपाल पत्रकार महासंघ धनकुटाका उपाध्यक्ष सुखकला राई,सहसचिव हरि वहादुर लम्जेल, फोनिज धनकुटाका अध्यक्ष सन्तवीर लामा,फोटो पत्रकार संघका अध्यक्ष रमेशचन्द्र अधिकारी,नेपाल पत्रकार महासंघ सदस्यहरु विकास घिमिरे,कविराज घिमिरे,रेडियो मकालु धनकुटाका अध्यक्ष सोभिष चेम्जोङ्ग,रेडियो भेडेटारका स्टेशन म्यानेजर पूर्ण कुमार चौधरी,नेपाल प्रेस युनियन धनकुटाका निर्वतमान अध्यक्ष यानिन्द्र तिगेला,सदस्य आशिष लावती लगायत धनकुटआका पत्रकारहरुको सहभागीता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *