कोरोना एलार्ट एप छिट्टै आउने

चैत्र १४ काठमाडौ ।नेपालन्यूजसेन्टर संवाददाता

कोरोना भाइरस (कोभिड-१९) पहिचानका लागि भारत सरकारले मोवाइल एप निर्माण गर्ने भएको छ ।
भारतको इलोक्ट्रोनिक्स मन्त्रालय र नीति आयोगले तयार गरेको यो एप कोरोना भाइरस नियन्त्रण र पहिचानका लागि महत्वपूर्ण हुने बताइएको छ । कोरोना कवच नाम दिइएको यो एप हिन्दी, अंग्रेजी र विभिन्न स्थानिय भाषामा आउने बताइएको छ ।

केही दिनभित्रै सार्वजनिक गर्ने भनिएको एपले कोरोना पोजेटिभ भएको व्यक्ति पहिचानमा सहयोग गर्नेछ । कोरोना भाइरसबाट संक्रमितको संख्या दिन प्रतिदिन बढि रहेको छ भने मर्नेको संख्यामा समेत उल्लेख्य वृध्दि भइरहेको छ ।

विश्वका धेरै देशले कोरोना भाइरसबाट सुरक्षित रहन लकडाउन गरेका छन् । स्मार्ट फोन एप सञ्चालनमा आएपछि यसले तीन किसिमको संकेत गर्नेछ । हरियो, पहेलो र रातो कलरको संकेतमध्ये रातो संकेतले कोरोना भाइरस पोजेटिभ भएको संकेत गर्नेछ भने हरियो रंगले नेगेटिभको संकेत गर्नेछ । त्यस्तै पहेलो कलरले संक्रमित व्यक्तिसँग सम्पर्क रहेको संकेत गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *